Websoft University

सिन्धुपाल्चोकमा पहिरोका कारण ७४ जनाको मृत्यु–४१ अझैँ भेटिएका छैनन्


काठमाण्डौ भाद्र ३० गते । रातो तारा डट कम,बितेको दुई महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी ७४ जनाको मृत्यु भएको छ । हालसम्म ४१ जना वेपत्ता रहेका छन् । बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ जना हालसम्म पनि वेपत्ता छन् । 

असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा बाढी पहिरोले २ जनलाई बगाएको थियो भने १ जना हालसम्म पनि वेपत्ता छन् । गत असार २४ गतेको पहिरोले बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा पनि ठूलो क्षति पु¥याएको थियो । 

बाह्रबीसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भएको थियो भने १७ जना हालसम्म पनि हराइरहेका छन् । त्यही दिन भोटेकोशी गाँउपालिका–४ वुलकुटेमा बाढीले बगाएर एक जनाको मृत्यु भएकोथियो । साउन १ गते भोटेकोशी गााउपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुरेकोमा धेरै ठूलो प्रयासपछि मात्र शव फेला परेको थियो । 

गत साउन १९ गते राति परेको अविरल वर्षका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा ९ जनाको मृत्यु भएको थियो । मेलम्ची खानेपानीको गेट फुटला खोलाको बेगले २ जनलाई बगाएको थियो जसमा १ जना हालसम्म पनि हराइरेहका छन् । 

साउन ३० गते सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३६ जनाको मृत्यु भएको थियो भने पहिरोमा हालसम्म पनि २ जना हराइरहेका छन् । बिभिन्न पहिरोमा हालसम्म ४२ जना हराईरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । 

जसमा बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाँउपालिकामा २०, जुगल गाँउपालिकामा २९ र शुनकोशी गाँउपालिकामा ४ घर पहिरोले पूर्ण रुपमा क्षति पु¥याएको छ । बाढीपहिरोपछि सबैभन्दा बढी बाह्रबीसे नगरपालिकाको १४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने रहेको प्रमुख जिल्ला अधिकारी ढकाललेबताउनुभयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.