Websoft University

प्रदेश सरकारले धादिङका १२ गाउँपालिका गरमा खरको छानामुक्त बनाउने


काठमाण्डौ भाद्र ३० गते । रातो तारा डट कम, बागमती प्रदेश सरकारले धादिङका २ सहित १२ गाउँपालिकालाई खरको छानामुक्त बनाउने भएको   छ । खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन मापदण्ड २०७७ अनुसार यो अभियान गरिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिनुभयो । 

भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले आर्थिक वर्ष २०७७ र ७८ मा प्रदेशभरिका गाँउपालिका मध्ये मानव विकास सूचकाङ्कमा सबैभन्दा कम अङ्क भएका धादिङका रुवीभ्याली गाउँपालिका, खनियाँवास गाउँपालिका सहित १२ गाँउपालिकालाई खरको छानामुक्त गराएर टिनको छानामा रुपान्तरण गर्ने भएको हो ।

वर्षातको समयमा खरको छानो चुहिने, आगलागी, हावाहुरी र विपद्बाट जनतालाई सुरक्षित राख्न बागमती प्रदेश सरकारले ४ करोड रूपैयाँ बजेट यसै आर्थिक वर्षमा विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्री फुयालले जानकरी दिनुभयो ।

खरको छानोमुक्त बनाइने गाउँपालिकाहरुमा खनियाबाँस गाँउपालिका धादिङ, रुविभ्याली गाँउपालिका धादिङ, नौकुण्ड गाँउपालिका रसुवा, आमाछोदिङमो गाँउपालिका रसुवा, घ्याङलेख गाँउपालिका सिन्धुली, फिक्कल गाँउपालिका सिन्धुली, मरिण गाँउपालिका सिन्धुली, हरिहरपुरगढी गाँउपालिका सिन्धुली,गौरीशंकर गाँउपालिका दोलखा, बिगु गाँउपालिका दोलखा, पाँचपोखरी थाङ्पाल गाँउपालिका सिन्धुपाल्चोक र हेलम्बु गाँउपालिका सिन्धुपाल्चोक रहेका छन् । 

छनोटमा परेका गाउँपालिका तथा लाभग्राही परिवारलाई टिनको छाना उपलब्ध गराउन प्रत्येक गाँउपालिकालाई २५ लाखका दरले रकम उपलब्ध गराउने व्यवस्था मिलाईएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.