Websoft University

प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा 'उनको प्रिती' (भिडियो सहित)



काठमाण्डौ। रातो तारा डट कम, स्व. राष्ट्रकवि माधव प्रशाद घिमिरेले २०२४ सालतिर अर्थात आज भन्दा ५३ वर्ष अघि कोरेको 'उनको प्रिती' बोलको गित पुन: निर्माण गरिएको छ ।

२०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलो पटक रेकर्ड गरिएको उक्त गितलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उहाँकै सम्झनामा केहि फरक शैलीमा बजारमा ल्याउनु भएको हो ।

लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको यहिँ भदौ २ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । गित दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सोधेका थिए- 'प्रेम गरिन्छ कि हुन्छ ?' भन्दा हुन्छ भन्दै अगाडी भन्नुहुन्छ 'संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ त्यसैले यो गित तपाईलाई दिँदै छु ।
संगीतकार नारायण रायमाझीलाई 'उनको प्रिती' दिँदै स्व. राष्ट्रकवि माधव प्रशाद घिमिरे

रायमाझीका कुनै गित छैनन कि जो नेपालीको मन मुटुमा नबसेका हुन्, उत्कृष्ट गीतका चाङ्गमा यो गीतको पनि विछट्टै स्थान छ । पहिलो पटक २०६० सालमा जगदिश समाल र सपना श्रीले गाउँनु भएको यो गित अहिले भने नेपाल आइडलबाट उदाएका नव गायक प्रविन वेडवाल र रचना रिमालले स्वर दिएका छन् ।
संगीतकार रायमाझी सँग गायक जगदिश समाल र सपना श्री २०६० मा

रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको छायांकन तथा संपादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ क्रमश: बीबी अनुरागी र श्याम श्वेत रसाईलीले गर्नु भएको छ ।

रिमा इन्टरटेनमेन्टको स्टुडियोमा लाईभ रेकर्डिङ गरिएको उक्त गितमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.