Websoft University

तीन दिन देखी यातयात सेवा अबरुद्ध

श्याम राइ-गाईघाट ३० भदौ । रातो तारा डट कम,बर्षाले उदयपुरको पहाडी भेगका अधिकांक्ष ग्रामीण सडक बिगारे पछि तिन दिन देखी यातयात सेवा अबरुद्ध बनेको छ । केही दिन देखी निरन्तर परिरहेको वर्षा ले पहाडी भेगका कच्ची सडक मा ठुलो क्षती पु¥याए पछि लिम्चुङबुङ, ताप्ली र रौतामाई गाउपालीका को केन्द्र हुदै अन्य गा्रमीण भेगमा चल्ने यातयात पुरै ठप्प भएको छ । “धेरै ठाउमा सडक नै बगाएको छ । बाटो पहिल्याउन समेत गाहा्रे भएको छ” । रौतामाई गाउपालीका की होटल ब्याबसायि प्रमीला ठकुरी ले भनीन । बाटो अबरुद्ध ले नियमीत रुपमा संचालन भैरहेको बोलेरो टयाक्टर समेत बन्द भएको उनले बताईन । अहिले सर्बसाधारण पैदल हिडेर गाईघाट आउने गरेको उनले बताई । “भारी बर्षा ले सडक पुरै बिगारेको ले सर्बसाधारण लाई पैदल हिड्न समेत कठिन छ” । रौतामाई गाउपालीका का प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन ले बताए । “बाटो को अबस्था हेर्दा मर्मत संभार गर्न ठुलै रकम ्खर्चं गर्नु पर्ने देखीन्छ” । उनले भने । निरन्तरको वर्षा नरोकीएको ले तत्काल मर्मत संभार गर्न गाहो्र भएको उनले बताए । बाटो खन्ने नाममा बिना मापदण्ड सडक लाई क्षती पु¥याउदै आएको छ । बाताबरणीय प्रमुख मुल्याङकन बिनै पहाड भेगमा जथाभाबी सडक खन्ने गरीएको ले सडक दिगो बन्न नसकेको निर्णय ब्याबसायि संघ उदयपुरका अधक्ष्य कौशल आचार्य ले बताए । “स्थानीय तह ले आफु बिना मापदण्ड सडक खन्ने काम नरोके सम्म गा्रमीण भेगका सडक को अबस्था यस्तै भैरहन्छ” । उनले भने । भदौमा आएको निरन्तर बर्षाले रानीबास रौता सडक पु¥याएको क्षती ले यातयात अबरुद्ध हुदा रौता भगवती दर्शन गर्न जाने भक्तजनहरु प्रभावित बन्न पुगेकाछन । ताप्ली– माझ खर्क, रुपाटार –ठानागाउ जोडने गा्रमीण सडक लाई बर्षा ले ठुलो क्षती पु¥याएको जिल्ला पा्रबिधिक कार्यालय उदयपुरका इन्जीनियर रमेश कार्कीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.