Websoft University

बिना इजाजतको औषधि सहित ३ जना पक्राउ


सुनसरी, भाद्र १७ गते । रातो ताराा डट कम,सुनसरी हरिनगर गाँउपालिका-२ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ३ जना मानिसहरु बिना इजाजतको औषधि सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा हरिनगर-१ का ३७ बर्षीय अख्तर मिया, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै पक्राउ परेकाहरुको साथबाट बिना इजाजतको औषधि Nimos-p-२९८० ट्याब्लेट, vibel-४९८० क्याप्सुल, Zenegra Red-८०० ट्याब्लेट ,Nitravet-६० ट्याब्लेट,  Spasmo proxyvon -८ ट्याब्लेट, laboat-syrinj Injecrion-४३ थान,  पुरुष जिवन क्याप्सुल-१२०, Dermikem oc- १९५ थान मलम, Cetsol Tablet -१२,०००,  pantoprazole Gastro resistant-७९० क्याप्सुल, Acelorlam sp-४०० ट्याब्लेट , P40-D-३५९० ट्याब्लेट र KT5 Dermcream- ८४ वटा मलम बरामद गरिएको छ ।  पक्राउ परेका तिनै जना मानिस र बरामद गरिएको बिना इजाजतको औषधि आवश्यक कारवाहिको लागी औषधी बिभागको कार्यालय बिराटनगर पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.