Websoft University

नेपालमा आजसम्म ४१ हजार ६ सय ४९ जनामा सङ्क्रमण पुष्टि भए


काठमाण्डौ भाद्र १७ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २० महिला र ८ सय जना पुरुष गरी  १ हजार १ सय २० जनामा कोरोना भाइरस देखिएको जानकारी दिनुभयो ।  आज काठमाडौं उपत्यकामा मात्रै ३८८ जना कोरोना भाइरसका सङ्क्रमितथपिएकाछन् । काठमाडौं जिल्लामा मात्र ३५० जना सङ्क्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको संख्या ४१ हजार नाघेको छ । आजसम्म ४१ हजार ६ सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये १८ हजार १ सय ८ जना सक्रिय सङ्क्रमित छन् । जस मध्ये ७ हजार ६ सय १५ जना होम आइसोलेसन अर्थात घरमा मा नै रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय १२ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २३ हजार २९० पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५६ प्रतिशत छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.