Websoft University

लकडाउनको कारण किसानको बिजोक, बजारको अभाबले वारि मै नष्ट भए केरा !

शिव भट्टराई,मोरङ भाद्र १७ गते । रातो तारा डट कम,मुलुक कोभिड १९ ले  अस्त ब्यस्त भएको छ। नेपालमा पनि संक्रमित दिन प्रतिदिन बढिरहेका छन्। मुलुक बिगत छ महिना देखि बन्दाबन्दीको अबस्थामा छ। बन्दाबन्दीले ठूलो व्यापारी देखि होटल ब्यबसायी चपेटामा परेका छन् भने मलको अभाब र बजार ब्यपस्थापनको अभावले केरा खेती किसान झन ठुलो मारमा परेका छन्।

केरा खेतीको पकट क्षेत्र मानिने मोरङको सुन्दरहरैचामा अहिले केरा  खेती किसानको बिजोक भएको  छ। बजार नपाएर केरा बारी मै पाकेर नस्ट भएका छन्। अगाडिका  बर्षहरुमा केराको प्रती कोशा ४ रुपियाका दरले बिक्री हुँदै आएको यो बर्ष भने प्रती कोशा २ रुपियाले पनि बिक्रि गर्न धौ, धौ   परेको वैदेशिक रोजगारी बाट फर्केर देश मै  केरा खेती ब्यबसाय गरेर बसेका युवा कृषक मिलन लुइँटेल रातो तारा डट कमलाई बताउछन्। चैत्र , बैशाखको हावा हुरिले साफ परेर निकै ठूलो क्षेती व्यहोरेका किसान हावा हुरि बाट बचेको अलिअली  केरा पनि अहिले पाकेर नष्ट हुँदा गालामा हात लगाउन बाध्य भएको किसान बाल कृष्ण लुइँटेल बताउँछन्।
  
मोरङ कै धेरै ठूलो केरा खेतीका रुपमा रहेको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड नं ७ गोठगाउँका किसानहरु केरा खेतीका लागि समयमा मल नपाएर र विभिन्न समस्या हुँदा पनि राज्यले साथै स्थानिय सरकार र जनप्रतिनिधिले किसानको गुनासो नसुनेको किसान भोला परियार बताउछन्।

तर उता सुन्दरहरैंचा - ७ का वडा अध्यक्ष चैतन्य सिटौला भने आफू पनि सोही पीडामा रहेको बताउनु हुन्छ।दुई बिगाह क्षेत्रफलमा केरा लगाउनु भएका सिटौला केरा बिक्री नभएर बारिमै नस्ट भएको बताउदै किसानका गुनासा सम्बन्धित निकायमा पुर्याउदा पनि सुनवाइ नभएको बताउनुहुन्छ। राज्यको नीति अनुसार अनुदानका लागि सुविधा प्राप्त गर्न समूह बनाएर समिति गठन गर्नु पर्ने भएकाले कोला व्यवसायी साथै कृषकहरुद्वारा समिति गठन गर्न लागि परिरहेको उनले बताएका छन्।

यस्तै सुन्दरपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रबिन्द्र आचार्यले सहकारी बाट ऋण लगाई करोडौंको लगानी गरेका किसानको यस्तो समस्या भएपछी साँच्चै मारमा परेको त्यसैगरी यस समस्याले संस्था पनि जोखिममा रहेको बताउदै केरा खेतीका लागि समयमा अनुदान , मल आपूर्ति सहज बनाउने जस्ता कुरामा आफूले पनि राज्यलाई पहल गरेर किसान लाई सहयोग गर्ने बताएका छन्।

कोरोना भाइरस (कोभिड-१९) को महामारी रोक्न लागू भएको निषेधाज्ञाले कृषकहरुलाई समस्या परेको छ । वर्षा र चाडवाडको सिजनमा केरा बिक्रीबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई उत्पादन बारीमै कुइहेको चिन्ताले पिरोलेको छ ।यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.