Websoft University

संविधान दिवसमा राउण्ड टेवलद्वारा साइकल र्याली



विराटनगर असोज ३ गते । रातो तारा डट कम, स्थापनाकालदेखि सामाजिक काम गर्दै आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफ्नो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिंदै आएको छ । 

राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रमअन्तर्गत चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण गरेको  छ । विराटनगर महानगरका विभिन्न भागको साइकल यात्रा गरी राउण्ड टेबलका सदस्यहरुले सडकमा छाडा छाडिएका चौपायाहरुलाई दाना  खुवाएको विराटनगर प्राइम  राउण्ड टेबल १० का कार्यक्रम संयोजक श्याम राठीले जानकारी दिए । 

सो अवसरमा राउण्ड टेबलका सदस्यहरुले  सडकमा  भेटिएका सर्वसाधारणलाई मास्कसमेत वितरण गरेको कार्यक्रमका अर्का संयोजक अविजित सिंहले बताए । उनले विना मास्क सडकमा हिंडिरहेका सर्वसाधारणलाई कोरोनाका विषयमा सचेतनासमेत गराइएको उल्लेख गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.