Websoft University

नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगे


काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय ११जनामा कोरोना संक्रमण भएको जानकारदिए ।
कोरोना संक्रमित हुनेहरुमा काठमाडौं जिल्लाका ५७० जना, भक्तपुर जिल्लाका ८३ जना र ललितपुर जिल्लाका ५८ जना रहेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। जसमा पुरुष ७९६ र महिला ४७८ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ सय ४७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार २ सय ६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४०१ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.