Websoft University

झुठा र भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती बनेकोप्रति राष्ट्रपति भण्डारी चिन्तित


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम, राष्ट्रपति विद्यादेवी भण्डारीले झुटा एवं भ्रामक विचार सञ्चारमाध्यममा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । 

प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पु¥याउनुपर्ने समेत बताउनुभयो । आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुनुपर्ने र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको बताउनुभयो । सञ्चारक्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक रहेकोमा उहाँको जोड थियो ।

उहाँले आमसञ्चारको क्षेत्रमा देखिएका कमिकमजोरी हट्दै जाने विश्वाससमेत व्यक्त गर्नुभयो । भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले काउन्सिलको वार्षिकोत्सवका अवसरमा विभिन्न पुरस्कार प्राप्त गर्ने पत्रकारलाई पुरस्कार वितरण, बधाई तथा शुभकामनासमेत व्यक्त गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.