Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या आज ६६ हजार ६ सय ३२ पुगे


काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज नेपालमा कोरोना सङ्क्रमितको जम्मा संख्या ६६ हजार ६ सय ३२ पुगेकोछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ सय २३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ५४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

हाल देशभर १८ हजार १ सय ४२ जना सक्रिय सङ्क्रमित छन् । ७ हजार एक सय ७१ जना भने क्वारेन्टाइनमा रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.