Websoft University

जुटमिलले सुरक्षा गार्डको १९ लाख ५६ हजार तलब दिन बाँकी


विराटनगर । रातो तारा डट कम, संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएको सेक्युरिटी कम्पनीले जनाएको छ । 
अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.का ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको हो । 
०७१ सालदेखि सुरक्षा प्रदान गर्दै आएको उक्त सेक्युरिटी कम्पनीले आउँदो असोज १ गतेदेखि सुरक्षा गार्डको बाँकी तलब भुक्तानी नगरे सेक्युरिटी गार्ड हटाउने भन्दै जुटमिललाई पत्राचार समेत गरेको छ । 
‘जुटमिलमा हामीले २०७१ सालदेखि सुरक्षा गार्ड उपलब्ध गराउँदै आएका हौं,’ सेक्युरिटी कम्पनीका प्रमुख व्यवस्थापक तिर्थराज घिमिरेले भन्नुभयो, ‘०७३ सालदेखि १ रुपैयाँ पनि गार्डले तलब पाएका छैनन्, बाँकी १९ लाख ५६ हजार पुग्यो, त्यसले असोज १ गतेदेखि हामीले सुरक्षा गार्ड नपठाउने गरी पत्राचार गरेका छौं ।’
‘यति लामो समयसम्म धेरै रकम नदिई ओलझोल लगाई फकाई तथा धम्की दिनेसमेत गरेको र पैसा दिनेतर्फ समेत चासो नदिएको हुँदा र मेरो सम्झौता अवधि समेत समाप्त भइसकेकोले २०७७ असोज १ गतेबाट ताहाँ जुटमिलमा यस प्रा.लि.बाट सुरक्षा गार्ड नखटाइने हुँदा जानकारीको लागि अनुरोध छ,’ जुटमिललाई सेक्युरिटी कम्पनीले पठाएको पत्रमा उल्लेख छ । 
सेक्युरिटी कम्पनीले उक्त पत्रको बोधार्थ प्रदेश १ को आन्तरिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन, पर्यटन तथा उद्योग मन्त्रालय, मोरङका प्रमुख जिल्ला अधिकारी, श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई समेत बुझाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.