Websoft University

न्यूरो कोभिड हस्पिटलले कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गर्यो


सोनुकुमार दास- बिराटनगर भदौ २५गते । रातो तारा डट कम,न्यूरो हस्पिटलद्वारा निजि स्तरबाट संचालित प्रदेश नं १ कै पहिलो कोभिड हस्पिटलले कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ । प्रदेश नं १ समाजिक विकास मन्त्रालय स्विककृति पछि अस्पतालले मंगलबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।

हाल संक्रमणको दर उच्च गतिमा बढि रहेको अवस्थामा कोरोना संक्रमितको उपचार गर्न शैया अभावको कारण संक्रमितले पाउने स्वासथ्य सेवाको गुणस्तरमा  कमि आएको गुनासो बढिरहेकै बेला सुविधा सम्पन्न अस्पताल संचालनमा आएको छ । संक्रमितलाई तनाव रहित सेवा दिन अस्पताल भित्रै कोरोना संक्रमित बिरामीहरुका लागि आन्तिरक खेलकुदको व्यवस्था , टिभि हेर्ने कक्ष , भेन्टिलेटर सहितको व्यवस्थाले सेवा तथा उपचारको गुणस्तरमा ध्यान दिएको देखिएको छ ।

स्वास्थ्य उपचारको क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल न्युरो अस्पतालले गत भदौ १२ गतेदेखि विराटनगरको महेन्द्र चौकस्थित आफ्नो विस्तारित शाखा ‘मातृशिशु अस्पताल’ लाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको छ । प्रदेश नं. १ को राजधानी विराटनगर कोरोनाको हटस्पट बन्दै गएपछि कोरोना बिरुद्धको लडाइमा सरकार संग सम्न्वय तथा सहकार्य गर्दै सरकारलाई सहायोग गर्ने उद्देश्यका साथ न्युरोले ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । न्युरोद्धारा सञ्चालित कोभिड हस्पिटलमा हाल सेवाग्राहीहरुको चाप दिनप्रतिदिन बढदै गईरहेको छ ।

जनरल ४३, आईसियु ७ र भेन्टिलेटर २ गरि ५० शैयाको क्षमतासहित सञ्चालनमा आएको कोभिड हस्पिटलमा हाल ११ जना संक्रमितहरु उपचाररत छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुलाई २४ घण्टे चिकित्सकीय परामर्श, पौष्टिक तथा सन्तुलित भोजन र चिकित्सकको सल्लाह बमोजिमको  आवश्यक औषधी लगायतको सम्पुर्ण सेवा सुविद्या प्रदान गरिँदै आईएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताउनुभयो ।

यता , अस्पतलकै कोभिड क्राइसिस म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका  संयोजक इं रंजित राज बस्नेतले प्रदेश नं. १ मै पहिलोपटक नेपाल सरकारद्धारा मान्यता प्राप्त निजी कोरोना परिक्षण प्रयोगशालाको संचालनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । विराटनगरको महेन्द्र चौकमा सञ्चालनमा रहेको कोभिड अस्पतालसँगै रहेको प्रयोगशालाको निमार्ण कार्य सकि मेसिन जडानको काम भइरहेको छ । 

प्रयोगशाला संचालनमा आइसके पछि ६ घण्टाभित्र नतिजा आउने गरि दैनिक ५ सय भन्दा बढिजनाको कोरोना परिक्षण गर्न सकिनेछ ।  प्रयोगशाला सञ्चालनमा आईसकेपछि अस्पतालका स्वास्थ्यकर्मीले शंकास्पद व्यक्तिको घरमै गएर पनि स्वाब संकलन गर्ने र सरकारद्धारा निर्धारित परिक्षण शुल्क लिने अस्पतलकै कोभिड क्राइसिस म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका  संयोजक इं रंजित राज बस्नेतले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.