Websoft University

भाईरल जन्तरे मामालाई युटुवरले प्रयोग गरेको कुमारको आक्रोश (भिडियो)



गोपाल काफ्ले पथरी मोरङ भाद्र २५ गते । रातो तारा डट कम,छोटो समयमा चर्चामा आएका भाईरल गायक जन्तरे मामा अमिर राईलाई युटुवरले प्रयोग गरेको आरोप लागेकोछ । युवा मन नेपाल लगायत केहि युटुवमा अन्तरवार्ता दिदै गित गाएका जन्तरे मामाको नारायण गोपाल संग तुलना हुदै आएको छ ।

 जन्तरे मामा जस्तै धेरैलाई सामाजिक संजाल फेसबुक, टिकटक र युट्युबले सेलिब्रेटी बनाएर माथी पुर्याएको छ । आफ्नो कला र गलाको सहि प्रयोग गर्न नसक्दा धेरैलाई तल पनि झारेको छ । अझै युट्युबमा त भाईरल गराएर माथी पुर्याउने र फेरि पछार्ने प्रवृति बढ्दै गैरहेको छ । लुकेको प्रतिभालाई उजागर गर्ने बाहानामा कतिपय ब्यक्तिहरु (युट्युबर)ले डलरको पछि लागे र उचाल्ने र थचार्ने पछिल्लो केही घटनालाई हेर्दा प्रष्टै बुझ्न सकिन्छ ।

  युटुव र टिकटकमा नारायण गोपालको गीत गाएर ‘जन्तरे मामा’को नाममा भाईरल भएका छ । ३८ वर्षिय अमित कुमार राईमाथी पनि लफडा सुरु हुन थालेको छ । जन्तरे मामाको घरमा दैनिक युटुवरको लर्को छ । मामा पनि भाईरल भए संगैै युटुवमा इन्टरभ्यू दिन भ्याई नभ्याई छन । पालो नपाएर एक युटुवरले लिएको अन्तरवाता सबै युटुवरले खिच्न थालेका छन । युटुवरले सामान्य घर परिवारका जन्तरे मामाको कला र गलाको सम्मान हैन मनोरञ्जनको साधन बनाएका छन ।

  दैनिक हात मुख जोड्न धै धै रहेको परिवारमा दैनिक युटुवरले घेर्ने र युटुवरको अफिस र घरमा धाउनाले परिवारमा झन समस्या परेको छ । तर युटुवरकै कारण मामाले एउटा गित रेकड गराई सके भने अन्य गित रेकडको तयारीमा छ । युटुवमा भाईरल भए संगै मामालाई सहयोग पनि नआएको हैन । युटुवकै कारण मामाको चर्चा पनि चुलिएको हो । तर युटुवले कहिले सम्म यसरी प्रयोग गर्ने भन्दै जन्तरे मामाका भाई पर्ने कुमार राई जंगिन थालेका छन ।

  जन्तरे मामाको घरमा २०÷२५ जना युटुवरले अन्तरबार्तामा लिई रहेको बेला भाई कुमार राईले जन्तरे मामाको मजाक उडाएर आरोप लगाए । युटुवरले डलरको खेती गरेको भन्दै अन्तरबार्ता विथोलेका छन । अन्तरबार्तामा उनका अन्य दाजुभाई अर्थात परिवारका ८ जना एकसाथ देखिएका छन । सबैले सारङी, मादल र सुरिलो स्वरमा थपडी बजाईरहेका छन् ।

  २०÷२५ जना युटुवरको अगाडी युट्युबरको आग्रहमा भाईरल मामा अमित नाच्न समेत पछि पर्दैनन् । तर, अन्तरबार्ताकै बिचमा कुमार राई आएर जमिरहेकी साङितिक माहौललाई तितरबितर बनाएको भिडियोमा देख्न सकिन्छ । समाजसेवी कुमार राई जन्तरे मामाकै पक्षमा बोल्दै युट्युबरमाथी आक्रोशित भएका छन् । उनले ‘तपाईहरुको कला र गला भइन्जेल युट्युबहरुले खिच्छ, पैसा कमाउछ । तपाईहरुलाई चाहिँ पछि यत्रो कोला दिन्छन’ भन्दै युट्युबर प्रती आक्रोश ब्यक्त गरेका छन ।

  कुमारले प्रश्न गरे “अन्तरबार्ता खिचे बापत र गीत गाए बापत के कति रकम दिएको छ ? केहिदिन अघि अमितको आवाजमा पहिलो गीत पनि युट्युबमा सार्बजनिक भैसकेको छ । उक्त गीत गाए बापत उनले कति पारिश्रमिक पाए भनेर युट्युबर माझ प्रश्न तेस्र्याएका हुन ।

  उनले रबिना बादीको उदाहरण दिदै त्यस्तो अवस्थामा जन्तरे मामालाई पुर्याउनु हुन्न भनेर आग्रह गर्दै ‘चलुन्जेल चाहिँ खिच्ने खिच्ने अनि पछि चल्न छोडेपछि चाहिँ छोड्दिने ?’ भन्दै प्रश्न गरे । उनले थप्दै ‘जन्तरे दाइलाई सकाउनु हुदैन, आगामी दिनमा पनि जन्तरे दाईको भबिष्यको लागि राम्रो हुनुपर्छ’ भन्दै सम्पुर्ण नेपालिहरुलाई ध्यानाकर्षण गरेका छन् । यस्तै उनले केही युट्युबरहरुलाई ‘झन्डु युट्युबर’ भन्दै ‘चलुन्जेल चलाईन्छ पछि बोलाउदा खेरी फेरि आउदैन’ भन्दै आक्रोश पोखे । जन्तरे मामाको भविष्यमाथी खेलवाड गर्नुभएन भन्दै युट्युबरलाई चेतावनी दिए ।

 जन्तरे मामालाई निश्वार्थ मिडियामा आफुले ल्याएको र पहिलो गित रेकड गराउने सल्लाह भएको कुमार राईले बताएका छन । तर केहि युटुवरले २÷४ दिन सम्म मामालाई लुकाएर राख्ने र सुटुक्क गित रेकड गराएको आरोप लगाएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.