Websoft University

त्रियुगा नगरपालिका को १६ नम्बर वडाले पिसीआर परिक्षण गराउन आफै सुरु गर्यो


गाईघाट २५ भदौ । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका को १६ नम्बर वडाले बिहीबार देखी आफनो वडामा पिसीआर परिक्षण गराउन शुरु गरेको छ । नगरपालीका को बिभिन्न वडामा कोरोना संक्रमीत फैलन थालेपछी वडाबासी लाई कोरोना बाट सुरक्षित गराउन स्वाब संकलन गरिएको वडा अधक्ष्य मान बहाद्ुर राईले बताए । उनले वडा सहरी स्वास्थ्य केन्द्रमा संचालन गरीएको शिबिरमा ५१ जनाको स्वाव संकलन गरीएको बताए । भारत लगायत अन्य मुलुक बाट गाउफर्केकाहरु संग घुलमील भएका संभाबित संक्रमीत ६७ जना लाई स्वाव दिन बोलाईएकोमा ९ महिला सहित ५१ जना उपस्थीत भएर स्वाब दिएको राईले बताए ।स्वाब दिन  नआएका बाकी लाई अर्को चरणमा पिसीआर परिक्षण गरिने उनले बताए । जिल्लामै वडा बाट पिसीआर परिक्षण गर्न थालीएको यो पहिलो भएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.