Websoft University

लर्ड बुद्ध कलेजले २०० जना बिद्यार्थीलाई १००५ छात्रवृतिमा पढाउने आवहान


काठमाडौ भदौ २४ गते । रातो तारा डट कम, बिराटनगर लर्ड बुद्ध कलेजले ११ मा पढ्ने २०० जना बिद्यार्थीलाई १००५ छात्रवृतिमा पढाउने आवहान गरेको छ । न्यूरो हस्पिटलद्वारा संचालित लर्ड बुद्ध कलेजले एक कार्यक्रमको आयोजना गरि यस शैक्षिक शत्रमा सत प्रतिशत स्कलरसिप सहित २०० जना बिद्यार्थीलाई  पढाउने कलेजका म्यानेजिङ डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । स्कलरसिप स्किमका लागि बिद्यार्थीले एसईईमा ३.८५ वा सो भन्दा माथि जिपिए सहित उत्तिर्ण भएको हुनुपर्ने कलेजका प्रधानाध्यापक सरोज भट्टराईले जानकारी दिए । उनले हाल कोरोनाको महामारिको बेला बिद्यार्थीहरु शिक्षाबाट बंचित नहोस र हाल बिद्यार्थीहरुले अध्ययन गरिरहेको बिभिन्न अनलाइन कक्षाकालागि यो छात्रवृतिको आवहान गरेको बताए । कलेजले छात्रवृतिका लागि आवहान गरे संगै, बिद्यार्थीहरुको भर्ना प्रक्रिया अगाडि बढि सकेका छन् । दुर शिक्षा नामक छात्रबृतिमा ँष्चकत ऋयmभ ँष्चकत द्यबकष्क अनुसार २०० जना बिद्यार्थीलाई लर्ड बुद्ध कलेजले सत प्रतिशत छात्रवृतिमा पढाउने भएको छ । यो छात्रवृतिकालागि बिद्यार्थीहरुले बिज्ञान र मानविकि संकायकालागि दाबी गर्न सक्ने छन् ।  हाल यस कलेजले १ बिद्यार्थी १ सिट सहितको अवधारणा कार्यन्वयनमा ल्याएको छ । साथै सम्पुर्ण कक्षा कोठालाई अत्याधुनिक प्रविधियुक्त बनाएको छ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.