Websoft University

प्रेस विज्ञप्ति -महासंघको गम्भीर ध्यानाकर्षण



काठमाडौ भदौ २४ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकका विभिन्न स्थानमा अवैधरूपमा बालुवा उत्खनन् गरेको विषयमा स्थानीय पत्रपत्रिका, रेडियो तथा अनलाईनमा प्रकाशित÷प्रसारित समाचार सामग्रीलाई लिएर सामाजिक सञ्जाल र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट सञ्चारमाध्यमप्रति लक्षित गरी भएका टीकाटिप्पणीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सिन्धुपाल्चोक शाखाका अनुसार, जिल्लाका विभिन्न भागमा अवैध बालुवा उत्खनन् कार्य भइरहेको सन्दर्भमा समाचार सामग्री प्रकाशित÷प्रसारित गर्ने सञ्चारमाध्यमहरुलाई लक्षित गरी सामाजिक सञ्जाल तथा जिल्ला समन्वय समितिबाट प्रेषित विज्ञप्तिमा ‘पीत पत्रकारिता’ लगायतका धम्कीपूर्ण भाषा प्रयोग गरिएको थियो ।

सञ्चारमाध्यममा प्रवाह भएका समाचार सामग्रीप्रति चित्त नबुझे या गुनासो भए सम्बन्धित सञ्चारमाध्यममा खण्डन पठाउने, खण्डन प्रकाशन÷प्रसारण नगरिए प्रेस काउन्सिलमा उजुरी गर्न सकिने स्थापित प्रचलन छ । त्यसलाई बेवास्ता गर्दै सञ्चारमाध्यमविरुद्ध भएको अशोभनीय र भद्दा टीकाटिप्पणी निन्दनीय हुनुका साथै पत्रकारिताको पेशागत प्रतिष्ठामा आँच पु¥याउने नियत लुकेको महासंघको ठहर छ ।

महासंघ आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको समेत ख्याल गरी यस्ता कार्य नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ । 
रमेश विष्ट
महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.