मोरङ । रातो तारा डट कम,गाउँ गाउँ पुगेर सडक मानव व्यवस्थापन र हिंसा पीडितको सहयोगी बनेर चर्चामा आएकी बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली पछिल्लो समय मानवसेवामाअझ सशक्त देखिएकी छिन् ।
लकडाउनको सुरुवातको समयदेखि नै अग्रभागमा रहेर जनताको काममा तल्लीन उपमेयर किसानको बारीमा उत्पादित भइ खेर जान लागेको तरकारी स्थानीय व्यापारीहरुसँग समन्वय गरि बजार व्यवस्थापन गरिदिने काम गरिन् ।यसका साथै उनकै पहलमा केही महिनाअघि आफ्नो नगरक्षेत्रभित्र बेसहारा र लामो समयदेखि सडकमा मागेर जीविकोपार्जन गर्दै आएका दुई बृद्धाहरुलाई मानवसेवा आश्रम विराटनगरमा बस्ने व्यवस्था मिलाइएको छ।हाल उनीहरु अहिले आश्रममै छन् ।
उपमेयर पराजुलीले दुईदिन अघिमात्र बेलबारीकै एक हिँसापीडित किशोरीलाई सिभिन नेपाल विराटनगरको संरक्षणमा बस्ने वातावरण मिलाएकी छन् ।संस्थासँगको समन्वयपछि उनलाई काउनसिलिङका निम्ति त्यहाँ पुर्याइएको हो।पीडित किशोरीको परिवारको आर्थिक अवस्था ज्यादै कमजोर रहेका कारण उपमेयर पराजुलीले आफूले प्रयोग गर्ने नगरपालिकाको गाडीमा आफैँले सिभिन हेल्पलाईन सम्म पुर्याउने काम गरेकी छन् ।
पीडित परिवारले उपमेयर पराजुलीको सहयोगबाट आफूहरुलाई ठूलो राहत मिलेको बताएका छन् । "सहज वातावरण हुँदा आफ्नै बलबुतोले जीविकोपार्जन गर्ने नागरिकहरुलाई प्रतिकूल अवस्थामा भने जनप्रतिनिधिको सहयोग चाहिन्छ।असहज परिस्थितिमा नागरिकको आशा अपेक्षा र विश्वास टुट्न नदिन हामी अहोरात्र खटेका छौँ।म कुनै काम सस्तो लोकप्रियताको लागि गर्दिनँ। हाम्रा क्रियाकलापबाट जनताको ओठमा खुशी फुल्न सकोस् यसमै गर्व छ मलाई।मैले बुझेको लोकतान्त्रको एउटा सौन्दर्य यो पनि हो।"उपप्रमुख पराजुलीले भनिन् ।
Post a Comment