Websoft University

मझुवागढी २ मा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट निर्माण–अव यहाको उत्पादन सबै अर्गानिक हुने


काठमाण्डौ भदौं २४ गते । रातो तारा डट कम,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट निर्माण गरिएको छ । 

अर्गानिक नगर बनाउने अभियानलाई सार्थक बनाउनका लागि भन्दै नगरपालिकाले अर्थमन्त्रालयको विशेष अनुदान वापत्को ३ करोड ३२ लाखको लागतमा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माण गरेको हो । ल्याव परीक्षण, जनशक्ति व्यवस्थापन बाहेक कम्पोष्ट मल तथा वायोग्याँस प्लान्टको भौतिक संरचनाको काम सम्पन्न भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । 

बिशेषगरी सदरमुकाम दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने तथा मक्किने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माणको काम अघि बढाइएको हो । 

नगरपालिकाका अनुसार मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख र भवन लगायतका संरचना निर्माणमा ३९ लाख खर्च भएको छ । कम्पोष्ट मल तथा ग्याँस प्लान्टका लागि कार्यपालिका सदस्यले २ रोपनी जग्गा निःशुल्क उपलव्ध गराउनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.