Websoft University

परिवार पाल्न नसकेपछि आत्महत्या गरेका अशोक दर्जीको परिवारलाई पहिलो पाइलाद्वारा सहयोग

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका अशोक दर्जीको परिवारलाइ पहिलो पाईला नेपाल  सुन्दरहरैचा शाखा ले  खाद्यान्न तथा लता कपडा  सहयोग गरेका छ

लामो समय देखि भएको लकडाउनको कारण परिवार पाल्न नसकेपछि आत्महत्या गरेका अशोक दर्जीको परिवारलाइ आइतबार  चामल, मटर ,चिनी, फलफुल, तेल , म्याट ,डसना ब्लाङकेट ,जस्ता सामग्री सहयोग  गरेको पहिलो पाइला नेपाल सुन्दरहारैचा का सचिब भोजराज रिजाल ले जान्कारी दिए  
पिडामा परेका दर्जीका कलिला बालाबिलाकाहरुलाई सवै मनकारी मनहरुलाइ आफनो क्षमताले भ्याए सम्मको सहयोग गर्न पनि  अध्यक्ष सिर्जना घमला ले अनुरोध गरेकि छिन्।
गत भदौ २४ गते आत्महत्या गरेका ४७ बर्षीय दर्जीका कलिला बालबालिकाको दिगो ब्यावास्पन सहितको सहयोगको आवश्यकता रहेकोले यसको लागी स्थानीय सरकार ,सामाजिक  संघ सस्था सगं पनि पहल गरिने  पहिलो पाइलाका सदस्य मिलन लुइँटेल ले बताए।

शिक्षा , स्वास्थ , सरसफाइ  तथा विभिन्न क्षेत्र मा अग्रसर भै काम गर्दै आएको पहिलो पाइला नेपाल सुन्दरहरैचा ले असोक  दर्जिको परिवार लाई पनि सहयोग गरेको हो        
सो सामाग्री बितरण कार्यक्रम  मा सस्था कि अध्यक्ष सिर्जना घमला उपाध्यक्ष बिबस राई सचिब भोजराज रिजाल सह सचिब मनोज कार्की कोशाध्यक्ष सिर्जना आचर्य सह कोशाध्यक्ष स्मिता दाहाल सदस्य मिलन लुइँटेल सल्लाहकार अनिल कार्की सञ्चारकर्मी किस्टिना घिमिरे सदस्य प्रबेश लुहागुन लगायत को उपस्तिथि रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.