Websoft University

अलैची गोड्ने मानिस रुखले किची मृत्यु


मोहन कुमार राई-भाद्र १८ गते । रातो तारा डट कम,संखुवासभा, मकालु गाउँपालिका वडा नं. २ लिम्दुम्सा वस्ने ६२ वर्षे मान बहादुर राईलाई अचानक रुख भाचिएर किचदा मृत्यु भएको छ । हिजो बुधबार मृतक राई आफ्नै अलैची वारीमा अलैची गोड्दै गरेको अवस्थामा अचानक वारीको सुकेको उतिसको रुख भाँचिदा रुखले लागी घटना स्थलमै मृत्यु भएको छ । घटना भएको जानकारी पाएपछि प्रहरी चौकी मकालुका प्रहरी टोली र थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटिइ गई कानूनी प्रक्रिया पस्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल संखुवासभाको खाँदवारी ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.