Websoft University

मन्त्रीपरिषदको बैठक बोलाइयो


काठमाण्डौ भाद्र १९ गते । रातो तारा डट कम,मन्त्रीपरिषदको बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई अहिलेसम्म भए÷गरेका काम कारबाहीको समिक्षात्मक टिप्पणीका लागि विशेष समय दिने तयारी गर्नुभएको छ । जसमा खतिवडाले आफ्नो ३० महिने कार्यकालको समिक्षा प्रस्तुत गर्नुहुनेछ । कार्यकाल सकिएपछि मन्त्री खतिवडाको आजको मन्त्रीपरिषद बैठक अन्तिम हुनेछ । उहाँले हिजै मन्त्री निवासबाट सामान पनि सारिसक्नुभएको छ । राष्ट्रियसभाको सखस्यका रुपमा उहाँको कार्यकाल यसअघि नै सकिएको र थप गर्ने निर्णय नेकपाबाट नभएपछि उहाँ मन्त्रीपदबाट हटनुपर्ने भएको छ । मन्त्री बन्न राष्टिङयसभा वा व्यवस्थापिका संसदको सदस्य हुनुपर्छ ।  यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकबाट बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्या बनाउने निर्णय भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.