Websoft University

प्रेस बिज्ञप्ति-सामाजिक विकास मन्त्री घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार


विराटनगर, १८ भदौ । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । 

होम आईसोलेसनमा रहनु भएको मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ती प्रकाशित गरि मन्त्री घिमिरेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाएको छ । उहाँको ज्वरो र झाडापखाला नियन्त्रणमा आएको आएको विज्ञप्तिमा उल्लेख छ । रक्तचाप केही बढेको, जिउ दुख्ने, नाक बन्द हुने र सामान्य खोकी लागेको प्रमुख स्वकीय सचिव तिलकबहादुर वस्नेतद्धारा जारी विज्ञप्तिमा जनाईको छ । 

कोरोना संक्रमण पुष्टि भएका दिन कोशी  अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सकले मन्त्रि घिमिरेलाई सरकारी निवासमा आएर स्वास्थ्य परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएको भोलिपल्ट देखि मन्त्रि घिमिरेले अक्सिजनको मात्रा, ज्वरो र पल्स परीक्षण गरि चिकित्सकलाई रिपोर्टिङ गर्दै आउनुभएको छ । उहाँको अक्सिजनको मात्रा, ज्वरो र पल्सको अवस्था सामान्य रहेको कोशी कोभिड अस्पतालका डा.मिलन वस्नेतले बताउनुभयो । 

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.