Websoft University

कोरोना सङ्क्रमितको संख्या आज १८ हजार ४१३ पुग्यो


काठमाण्डौ भाद्र १८ गते । रातो तारा डट कम, काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । हिजो काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ सहित देशभर थप १२२८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । देशभर सक्रिय सङ्क्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशन अर्थात घरमा ७ हजार ७४२ जना रहेका छन् ।  यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.