Websoft University

चीनले ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने


काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ । 

चिनियाँ स्वास्थ्य अधिकारीहरूले हिजो पत्रकार सम्मेलन गर्दै यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने विश्वास राखेको बताएका छन् । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ । 

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा बताउँदै चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको बताउनुभएको छ । गत जुलाईदेखि बन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार स्वयंसेवकमा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दाबी चीनको छ । 

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले पत्रकार सम्मेलनमा खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने बताउनुभयो । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उहाँको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.