Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित एग्रोभेट संचालक पक्राउ


झापा, भाद्र २७ गते । रातो तारा डट कम,झापाको बिर्तामोड बगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-३ मा  गोपाल गौतमले संचालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा शुक्रवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटबाट २२ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो । लागुऔषध ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट संचालक ३० बर्षीय गोपाल गौतमलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.