Websoft University

पाठ्यपुस्तक पुगे नपुगेको अनुगमन हुने


काठमाण्डौ भाद्र २७ गते । रातो तारा डट कम,सरकारले सार्वजनिक तथा नीजि विद्यालयमा प्रयोग भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री पुगे नपुगेको अनुगमन गर्न शिक्षा विकास तथा समन्वय ईकाइलाई निर्देशन दिएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइलाई पाठ्यपुस्तक र पाठ्यसागम्री पुगे नपुगको अनुगमन गर्न पाँच बुँदे निर्देशन दिएको हो । सार्वजनिक विद्यालयमा प्रदान गरिने निःशुल्क पाठ्यपुस्तक समयमा विद्यालयमा खरिद गरि विद्यार्थीको हातमा पुगे नपुगेको अनुगमन गर्न निर्देशन दिइएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक एवम सूचना अधिकारी माधव दाहालले सीआईएनसँग बताउनुभयो । 

विद्यालयले प्रयोग गर्ने पाठ्यसामग्री पाठ्यक्रम विकास केन्द्रको स्वीकृत सूची मध्येबाट भए नभएको अनुगमन गर्न पनि निर्देशनमा भनिएको सूचना अधिकारी दाहालले बताउनुभयो । केन्द्रले निःशुल्क पाठ्यपुस्तक तथा नीजि प्रकाशनबाट पाठ्यक्रम विकास केन्द्रको स्वीकृति लिइ प्रयोग भएका पाठयसामग्री तोकिएको शर्त, मापदण्ड र गुणस्तर अनुसार पुरा गरे नगरेको अनुगमन गर्न निर्देशन दिएको छ ।

जिल्ला भित्र रहेका प्रकाशक तथा पुस्तक विक्रेताले विद्यालयमा सन्दर्भ पुस्तकका रुपमा प्रयोग भइरहेका सामग्री पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत वा सूचिकृत भएको नभएको अनुगमन गर्न पनि निर्देशनमा भनिएको छ । पाठ्यपुस्तक तथा पाठ्यसामग्री व्यवस्थित गर्न केन्द्रले समग्र सुझाव पनि इकाईसँग मागेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.