Websoft University

नियन्त्रीत लागुऔषध गाँजा र ट्याब्लेट सहित ४ जना पक्राउ

फायल फोटो,
मोरङ, भाद्र २७ गते । रातो तारा डट कम,मोरङको २ स्थानबाट नियन्त्रीत लागुऔषध गाँजा र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । शुक्रवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । 

गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउ स्थितमा पैदल हिडिरहेका धरान-१५ का १९ बर्षीय अजय तामाङ, २२ बर्षीय च्यामन राई र लेटाङ नगरपालिका-७ का १८ बर्षीय रोहन तामाङलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ केजी गाँजा बरामद भएको थियो । यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेट सहित १ भारतिय नागरीकलाई पक्राउ गरेको छ । 

शुक्रवार दिउँसो ४ बजे भारत पिप्राहा बिष्णुपुर बस्ने १८  बर्षीय दिपेश यादव ७५ एम्पुल डाईजेपाम सहित पक्राउ परेका हुन् । BR-38 H 6359 नम्बरको मोटरसाईकलमा सवार रहेका यादवलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । 

लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.