Websoft University

छुट्टा छुटै स्थानमा २ जनाको डुबेर मृत्यु


संखुवासभा,मोरङ,असोज-६ गते । रातो तारा डट कम,संखुवासभा चैनपुर-४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा  झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी सिद्धपोखरीमा जानकारी गराएका थिए । 

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसै गरी मोरङ जहदा-१ बस्ने १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान ०७ बजे जहदा मुसहरी टोल स्थितमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएका थिए । 

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.