Websoft University

कोरोनाभाइरसबाट सङ्क्रमित हुने सङ्ख्या भारतमा ६० लाख नाघ्यो


काठमाण्डौ असोज १२ गते । रातो तारा डट कम,भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ६० लाख ७३ हजार तीन सय ४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ सङ्क्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको छ । पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार चार सय सात जनामा सक्रिय कोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३६७ जना निको भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.