Websoft University

नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ


सुनसरी,भाद्र-२३ गते । रातो तारा डट कम,सुनसरी कोशी गाउँपालिका-३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउसो ३ बजे कोशी गाउँपालिका-३ मै झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । निजले बोकेको झोला खोलेर हेर्दा ५० बोतल DIALEX-DC, ५०० ट्याब्लेट Nitrosun र २८८ क्यापसुल SPASMO-PROXYVON फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका मोहमद उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.