Websoft University

बेलबारीका १ सय १ परिवारले पाए नयाँ घर


उत्तम पोख्रेल-बेलबारी । रातो तारा डट कम, मोरङको बेलबारी नगरपालिकाले असाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि १ सय १ वटा घर बनाइ दिएको छ । 
कमजोर आर्थिक अवस्था भएका नगरभित्र बस्ने नागरिकहरुका लागि नगरपालिकाले पूर्ण रुपमा निःशुल्क घर तयार गरिदिएको हो ।बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिएको हो ।
नगरभित्रका४ वटा वडाहरु वडा नं. ३, ४,१० र ११ मा घरहरु निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।  नगर प्रुमख सुवेदीका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ गरि जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् ।

नगरपालिकाले चिटिक्क परेका घरहरु निःशुल्क निर्माण गरिदिएपछि लाभग्राहीहरु हर्षित भएका छन् । पहिला बासका भटा टाटी प्रयोग गरेर बनाएको घरमा बस्ने गरेकी थिए ४ कि सिता राइले भनिन अहिले चिटिक्क परेको घरमा बस्न पाएको छु । उनि १५ दिन देखी ननगरपालिकाले बनाइ दिएको घरमा बसेकि हुन । 
प्रत्येक घरमा बरण्डा र तीन वटा कोठा र गाढा निलो रङको टिनको छानो लगाइएको छ । हामीले यति राम्रो घर बस्न पाउछौ जस्तो लागेको थिएन, अहिले भने हाम्रो देशमा सरकार छ भन्ने लाग्यो बेलबारी ४कै असित राईले भने नगरपालिकाले हाम्रा लागि ठुलो सहयोग गर्यो ।

प्रतिघर नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरि जम्मा २ लाख ५० हजार रुपैयाँ घर बनाई दिइको नगर प्रमुख सुवेदीले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.