Websoft University

मनोसामाजिक समस्याको समाधान गर्न लागि पर्दै इटहरीका परामर्शकर्ता


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,कोरोनाका कारण हाल नेपालमा आत्महत्याको दर बढिरहेको भन्ने तथ्य सार्वजनिक भएको छ।अहिलेको समय आर्थिक र सामाजिक दृष्टिले मानिसहरूका लागि निकै अप्ठ्यारो परिस्थित हो । त्यसै पनि विगत केहि वर्ष देखि आत्महत्याको समस्या बढेकोले यो समयलाई हामीले आत्महत्याको युग भन्न सक्छौँ । 

अहिले कोरोनाको अवस्थामा मानिसहरूलाई विभिन्न पुराना मानसिक समस्या र भयले आत्महत्या तिर धकेलिरहेको छ ।  यो समयमा आत्महत्या गरेका अधिकांश मानिसमा पहिलेदेखिनै मानसिक स्वास्थ्य समस्या हुनसक्छ । केहि न केहि समस्या पहिला देखि नै भएको र अहिले उपचार गर्न जान नसक्ने अवस्था आइपरेकोले पनि आत्महत्याको संख्या केहि बढेको हुन सक्छ। लकडाउन यता २००० भन्दा बढिले आत्महत्या गरेका छन् र यो पहिले पहिलेको अवधिको भन्दा अलि बढि हो ।

आत्महत्याका घटना बढ्न थालेकाले
 इटहरी उपमहानगरपालिकाको साझेदारिमा स्थानिय संस्था युथ क्रिएसन अन्तर्गत सुरक्षित अाप्रबासन परियाेजनाले विशेष गरि रोजगारीका लागि खाडिमुलुकमा गएका ब्यक्तिकाे परिवारमा मनाेपरामर्स सेवा प्रदान गर्दै आइरहेको थियो।तर अहिलेकाे काेभिड १९ काे माहामारिकाे कारण जाे काेहिलाई पनि निरासा , दिग्दारिपन ,भय र त्रास बढेकाले गर्दा  सबैलाई याे सेवा दिँदै आएको छ। सो परियोजनाले क्वारेन्टाइनमा रहेकाहरूलाई पनि सामुहिक परामर्स सेवा दिँदै आएको मनाेसामाजिक परामर्शकर्ता पुस्पा भण्डारीले रातो तारा डट कमलाई बताएकी छिन्।

ईटहरीमा यो एक महिना भित्रमा नै  टेलिफोनबाट परामर्स सेवा दिने क्रममा विभिन्न प्रकारका तनाब, अन्याेलता, डर , त्रास भएर अात्माहत्या प्रयास गर्ने तीन जना भेटिएको र उनीहरूलाई मनाेपरामर्श सेवा दिईरहेको भण्डारीले बताइन्। तर यस्ता अवस्थाका केसहरु टाेलटाेलमा धेरै भएता पनि मनाेपरामर्स सेवा लिनुपर्छ भन्ने जानकारी नभएका कारण धेरै घटनाहरु घट्ने गरेको उनले बताइन्।

यस परियोजनाका लागि मानसिक स्वास्थ केन्द्र (c.m.c nepal) ले टेक्निकल सहयाेग गर्दै अाएकाे छ भने परामर्शका क्रममा नेपालमा आत्महत्याको दर बढिरहेकोले यसको अवस्था बुझ्न, कोरोनाको डर र जोखिमको अवस्थाबारे जानकारी दिन तथा मानसिक स्वास्थ्य र आत्महत्याबारे सचेतनाका लागि हाल प्रदेस १ भरिकाे लागि २ जना साईक्काेलाेजिस्टहरुले क्वारेन्टाइन हाेल्डिङ सेन्टर र अाईसाेलेसनहरुमा सेवा प्रदान गरिरहनु भएकाे उनले बताइन्। निराशा , दिक्दारी भय र त्रास मुक्त समाज निर्माण गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको मनो परामर्श कर्ता पुष्पा भण्डारीले बताएकी छिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.