Websoft University

लागि थापा ईन्टरप्राईजेजले खाद्य सामग्री वितरण गर्यो


काठमाण्डौ भाद्र २८ गते । रातो तारा डट कम, कोभिड १९ ले भएको बन्दाबन्दीका कारण छाक टार्न समस्या भएका व्यक्ति तथा परिवारका लागि  थापा ईन्टरप्राईजेज चौताराले खाद्यान्न समाग्री सहयोग गरेको छ । 

लामो बन्दाबन्दी भएपछि हातमुख जोड्न मुस्किल परेका १२ जनालाई शनिबार आज थापा ईन्टरप्राईजेज चौताराका प्रोपाईटर भुपेन्द्र थापाले रेडियो सिन्धुको समन्वयमा सामाग्री प्रदान गरीएको हो । यी विपन्न  परीवारलाई प्रति परिवार १ बोरा चामल ,दाल, तेल ,नुन, साबुन, माक्स , मस्यउरा लगायतका सामग्रि दिएको हो । 

अरुबेला पनि छाक टार्न कठिन भएकाहरु झन अहिले बन्दाबन्दिका बेला दैनिकि गुजारा चलाउन समस्यामा रहेकाले यो राहत पाएपछि  उनिहरुले खुसी ब्यक्त गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्तरबाट लक डाउनको सुरुवातमा राहत बाँडिरहँदा थप सहयोग गर्ने उद्देश्यका साथ सरकारी राहत लिन छुटेका तथा दुई छाक टार्न संघर्ष गरिरहेका परिवारलाई सहयोग गरीएको रेडियो सिन्धुका कोषाध्यक्ष दिलमाया थापाले जानकारी दिनुभयो । 

यसअघि थापा ईन्टरप्राईजेजका प्रोपाईर भुपेन्द्र थापाले ईन्द्रावती गाउँपालिका कुन्चोकका ५२ परीवारलाई सहयोग खाद्य सामग्री दिनुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.