Websoft University

नेपालमा आज सङ्क्रमितको सङ्ख्या ५३ हजार १ सय २० पुगे


काठमाण्डौ भाद्र २७ गते । रातो तारा डट कम, बितेको २४ घण्टामा नेपालमा १२ सय १ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार १ सय ७६ नमूना परीक्षण गर्दा ४ सय १६ महिला र ७ सय ८५ पुरुषमा कोरोना सङ््क्रमण पुष्टि भएको हो । 

नेपालमा आज सङ्क्रमितको सङ्ख्या ५३ हजार १ सय २० पुगेको छ । उनीहरूमध्ये ३ सय ३६ जनाको मृत्यु भएको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३७ हजार ५ सय २४ पुगेको छ । बितेको २४ घण्टामा ८ सय ५२ जना कोरोनामुक्त भएका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

काठमाडौँ उपत्यकाका ४ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.