Websoft University

दुम्सीले बाली सखाप पारेपछि किसान चिन्तित


काठमाण्डौ भाद्र २८ गते । रातो तारा डट कम,दुम्सीले बालीनाली पाक्नेबेला सखाप बनाएपछि मुगुका किसान चिन्तित भएका छन् । सोरु गाउँपालिका वडा नम्बर ४ फोतुका सोद्दा लेख, आल्लेखाडा र लिब्रु गाउँका स्थानीयले लगाएको बाली खाएर सखाप बनाईदिएको छ । 

दुम्सीले खेतवारीमा लगाएको मकै, बदाम, कोदो र लेकमा रहेको जग्गामा लगाईएको आलु सखाप बनाएको स्थानीय किसान सुरवीर शाहीले जानकारी दिनुभयो । तीनवर्ष अघि खेतवारीमा लगाएको बालीनाली बाँदरले खाने गरे पनि त्यसयता बाँदर आउने गरेको थिएन । 

तर दुम्सीले खेतबारीमा पाकेको बाली सखाप गरिदिएको किसानहरूको भनाइ  छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.