Websoft University

सांसद सुनीता चौधरी चडेको गाडी सडको हिलो भासिदा स्काभेटर लगाएर तान्नु पर्यो

श्याम राइगाईघाट २१ भदौ । रातो तारा डट कम,रौता भगवती को दर्शन गर्न जाने क्रममा शनीबार समानुपातिक सांसद सुनीता चौधरी चढेको टाटा सुुमो गाडी शनीबार रानीबास– रौता सडक खण्डको हुबास नजिक झण्डै ५ घण्टा  हिलोमा फस्यो ।
हिलोमा फसेको गाडी निकाल्न सांसद चौधरी ले स्काभेटर मगाएर अन्तत पाच घण्टा पछि निकाल्न सफल भईन । खराब बाट, गाडी लामो समय सम्म हिलोमा फसेको कारण अन्तत चौधरीले रौता दर्शन नगरी बाटै बाट गाईघाट फर्कन बाध्य भईन । चौधरी जस्तै रौता दर्शन गर्न जाने संयौ भक्तजनहरु अहिले बाटो कै कारण निकै कष्टकर यात्रा गर्न बाध्य भएका छन । गाईघाट देखी रानीटार सम्म बाटो रामो्र भए पनि हुवास देखी रौता प्रबेश द्धार सम्म को बाटो बर्षाको कारण हिलाम्मे भएर सवारी चलाउन गाहो्र हुने भएकै कारण रौता मंदिर दर्शन गर्न जाने भक्तजनहरु ले निकै कष्ट पुर्ण यात्रा गर्न बाध्य भएका छन । सडक खण्डको धेरै ठाउमा लेदो सहितको हिलो र बाटोमा लाल्टा खुल्टी परेको छ । मोटर साईकल र हलुका सवारी साधन रौता पु¥याउन बाटो कै कारण निकै कठीन भएको छ । “सडक कालो पत्रे नहुदा वर्षेनी बर्षाले बाटो बिगार्ने गर्दा आवत जावत मा समस्या पर्ने गर्छ ”।रौता डहरका व्यापारी कमल राई ले भने । वर्षौ देखी को स्यानीय ले सडक कालो पत्रे गर्न गरेको माग अझै पुरा भएको छैन । उनले भने । उनले हुबास देखी झण्डै ५ किलो मिटर अगाडी सम्म को बाटो वर्षेनी बिगे्रने गरेको बताए । “अहिले पनि त्येही ठाउमै बाटो बिगी्रएको छ । बिगतमा पनि त्यहि सडक खण्डमा बाटो बिग्रदै  आएको छ ”। उनले भने । रौता भगवती मंदीर धार्मीक एबम आन्तरीक पर्यटकीय स्थलको रुपमा प्रसिद्ध छ । तर बाटो कै कारण भक्तजनको उपस्थी कम हुने गरेको स्थानीय बासिन्दाहरु बताउछन । “सडक बाटो मात्रै स्तर उन्नती गर्न सकियो भने आन्तरीक मात्र होइन बाह्या पर्यटक समेत लाई भित्राउन सकिन्थ्यो”। रौतामाई गाउपालीका का अधक्ष्य गजेन्द्र खड्का ले बताए । रौता पुग्ने सबै सडक बाटो त्रियुगा नगरपालीका को क्षेत्र रहेको र मंदीर आसपासका केहि क्षेत्र मात्र रौतामाई गाउपालीका को रहेको अधक्ष्य खड्का ले बताए । बाटो, मर्मत संभार र स्तर उन्नती गर्ने दायित्व त्रियुगा नगपालीका को भएपनी गाउपालीका ले समन्वय गरी यो वर्ष रानीटार– रौता सडक खण्ड को बाटो सुधार गरीने उनले बताए । “त्रियुगा नगरपालीका संग मिलेर बाटो को स्तर उन्नती गरीने तयारीमा लागेको छौ” ।  उनले भने । त्रियुगा नगरपालीका का मेयर बलदेब चौधरी ले रौता जाने बाटो मर्मत संभार गरी कालो पत्रे गर्न यो वर्ष बजेट छुट्टाइएको बताए । “अब हामी बर्षा पछी सडक मर्मत संभार को काम दृत गतीमा गर्ने छौ ”। उनले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.