Websoft University

कोरोना भाइरल बिरूद्वको खोप चीनबाट लगाउन सुरु

 


काठमाडौं ।  रातो तारा डट कम,कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसेको छ ।

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण रुपमा सफलता अझै पाउन सकेका छैनन् ।

यसैबीच चीनले सबैका लागि कोरोनाविरुद्धको भ्याक्सीन दिने चीनको निर्णयमाथि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।

रोयटर्सको रिपोर्टका अनुसार चीनका स्वास्थ्य अधिकारीले यो जानकारी दिएका हुन् । जुलाई देखि नै चीन आम मानिसका लागि खोप दिइरहेको छ । तर कोहि पनि एक्सपर्टले यसको आलोचना गरेका छैनन् ।

चीनले जुलाईमै कोरोना भ्याक्सीन इमर्जेन्सी उपयोगको लागि स्विकृति दिएको थियो ।

चीनको नेशनल हेल्थ कमीशनका अधिकारी झेंग झोंगवेईका अनुसार जूनमा नै विश्व स्वास्थ्य संगठनलाई आफ्नो भ्याक्सीनको बारेमा जानकारी गराएको बताएका छन् ।एजेन्सी 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.