Websoft University

एलिट क्लब विराटनगरको अपील


बिराटनगर साउन २६ गते । रातो तारा डट कम,कोरोना भाइरसको संक्रमण देशभरि फैलिरहेको वर्तमान अवस्थामा एलिट क्लब विराटनगरले विभिन्न सरोकारवाला व्यक्ति वा संस्थासँग अनलाइन छलफल गरी विचार निर्माण र सामाजिक दवाब सिर्जना गर्ने काम लकडाउनको सुरुदेखि नै निरन्तर गरिरहेको कुरा यहाँहरुलाई अवगत नै छ । 

यसै सन्दर्भमा विभिन्न समयमा गरिएका छलफलबाट उठेका विषयलाई समेटेर विज्ञप्ति सार्वजनिक गरेका छौं । वर्तमान सन्दर्भमा एलिट क्लबको धारणाहरु यसप्रकार छन् ।

१.हटस्पट देखिएका ठाउँलाई सिलवन्दी गर्दै कोरोना परीक्षणलाई तिब्रता दिइयोस् । कोरोनाबाट सतर्क रहन
प्रेरित गरियोस् र अनावश्यक आतङ्कको विषय नबनाइयोस् ।

२.कोरोना परीक्षण गर्दा दोहोरोपन नपरोस भन्ने उद्देश्यले व्यक्तिको नाम, ठेगाना,पेशा, फोन नम्बरका साथै
फोटो लिने र सोही अनुसार अभिलेख राख्ने गरियोस् । साथै, संक्रमित व्यक्तिको परिचय सार्वजनिक गर्न
प्रोत्साहित गरियोस् । जस्तैः सार्वजनिक पद धारण गरेको व्यक्तिले आफनो अवस्था आफैं सार्वजनिक गर्ने ।

३.प्रदेश सरकारबाट सञ्चालित कोशी कोरोना अस्पतालको सरसफाइको अव्यवस्थाबारे बारम्बार गुनासो
आएकोतर्फ ध्यानाकर्षण गराउँछोै । विरामी संख्याको अनुपातमा शौचालय र पानीको व्यवस्था गरियोस् ।

४.कोरोन संक्रमितको संख्या बढिरहेको प्रसंगमा अस्पतालको शैया वृद्धि गर्नुका साथै प्रदेश सरकार र स्थानीय
तहको समन्वयमा निजी अस्पताल र होटलहरुसँग सहकार्य गरी आइसोलेसन सेवा विस्तार गरियोस् ।

५.कोरोना परीक्षणको संख्यामा आएको दोहोरोपन हटाइयोस् । कुल परीक्षण संख्या र परीक्षण गरिएको व्यक्तिको संख्यालाई छुट्याइयोस् । त्यसैगरी भन्सारबाट नेपाल प्रवेश गरेका र क्वारेन्टीनमा बसेका व्यक्तिहरुको विवरणमा महिला पुरुष मात्र नछुट्याई गर्भवती महिला र बालबालिकाको संख्या पनि उल्लेख गर्ने
परिपाटी बसाइयोस्,
नागरिकका आम सरोकारका विषयहरु भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनेछ भन्ने विश्वास लिएका छौं । 
श्री विश्वनाथ रिजाल,  अध्यक्ष
श्री यज्ञप्रसाद शर्मा, महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.