Websoft University

स्वास्थ्यकर्मी सहित तीन जनामा कोरोना पुष्टी

शिव भट्टराई,मोरङ। रातो तारा डट कम,सुन्दरहरैचामा 
मोरङको सुन्दरहरैचा नगरपालिकामा थप ३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा केही दिन अगाडि विदेश बाट आएर क्वारेन्टाइनमा रहिरहेका सुन्दरहरैचा नगरपालिका वडा नं २ का वर्ष २९ का एक जना पुरुष रहेका छन्।त्यस्तै सुन्दरहरैचा नगरापालिका वडा नं ५ का वर्ष ३० का एक जना पुरुष रहेका छन्।

त्यस्तै बेलबारी नगरपालिकामा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ । उनी सुन्दरहरैचा नगरपालिका वडा नं ५ कि वर्ष ४५ कि हुन ।

संक्रमित दुई जना पुरुषलाई पुर्वाञ्चल विश्वविधालय स्थित कोभिड अस्पतालमा उपचारको लागि लगिएको छ भने संक्रमित महिला स्वास्थ्यकर्मीलाई धरान लगिने तयारी गरिएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट अर्जुन भट्टराईले रातो तारा डट कमलाई जनाएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.