Websoft University

उदयपुरमा एकै दिन १५ जना कोरोना संक्रमित भेटिए

श्याम राई÷उदयपुर  गाईघाट, २७ श्रावण । रातो तारा डट कम,उदयपुरमा एकै दिन १५ जना कोरोना संक्रमित भेटिएसँगै स्थानीय प्रशासनले बुधबार राती १२ बजेदेखि जिल्लाको तिन वटै नगरपालिकामा पुःन लकडाउन गर्ने भएको छ ।
कोरोना संक्रमित बढी भेटिएका त्रियुगा, बेलका र चौढण्डीगढी नगरपालिकामा संक्रमण रोग ऐन २०२० को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी हुनेगरि लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।
प्रजिअ पाण्डेल बुधबार राती देखि आगामी भदौ ७ गते सम्मको लागि लकडाउन गरिने बताए । जिल्लाको तिन नगरपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको देखिएपछि प्रशासनले लकडाउन घोषणा गरेको हो ।
मालपोत कर्मचारी सहित मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
उनले मालपोतका ६ जना कर्मचारी र उनीहरुको दुई आफन्तमा समेत कोरोना देखिएको बताए । अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिने एस.पी. भिम दाहालले बताए । यातायात, बजार, पसल लगायतका सम्पूर्ण क्षेत्र बन्द गरिने उनले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.