Websoft University

विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने


विराटनगर, २७ साउन । रातो तारा डट कम, विराटनगर १४ को विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ ।
करिव ७ वर्षदेखि प्रयोग विहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन समितिको क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तरण गर्ने प्रस्ताव प्रदेश सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालयले स्वीकार गरेको छ ।

भवन, क्याम्पसको सम्पत्ति एक औपचारिक कार्यक्रमकावीच चाँडै हस्तान्तरण गरिने व्यवस्थापन पक्षले जनाएको छ । प्रदेश सरकार मातहत क्याम्पसको भवन आउने भएपछि आज सामाजिक विकास मन्त्री जीवन घिमिरेले क्याम्पसको अवलोकन गर्नु भएको छ । प्रदेश सरकारले क्याम्पस भवनमा पशु विज्ञान कार्यक्रम सञ्चालन गर्ने गरि विज्ञसँग छलफल शुरु भएको मन्त्री घिमिरेले बताउनुभयो ।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने उहाँलेबताउनुभयो । सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्र्तगतका तालिम विराट क्याम्पसको भवनबाट शुरु गर्ने मन्त्री घिमिरेले बताउनुभयो । 

तालिम केन्द्र निर्माणका लागि सामाजिक विकास मन्त्रालय र सुनसरीको करुणा फाउण्डेसनवीच सहकार्य हुने भएको छ । करुणाले भवनको मर्मत सम्हारको काम गर्ने भएको छ । भवन मर्मतका लागि ५७ लाख ९२ हजारको लागत इस्टिमेट निकालिएको फाउण्डेसनका योगेन्द्र गिरीले बताउनुभयो । वि.स.२०४८ सालमा स्थापना भएको क्याम्पस ७ बर्षदेखि बन्द भएको सोही क्षेत्रका प्रदेशसभा सदस्य जयराम यादवलेबताउनुभयो । उहाँले तत्काल सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको प्रदेशसभा सदस्य यादवले बताउनुभयो । प्रदेश सरकारले विश्वविद्यालयको कार्यक्रम शुरु गर्ने निर्णय गर्नु गौरवको कुरा भएको उहाँले बताउनुभयो ।

क्याम्पस सञ्चालक समिति र दाताले भवन अगाडी रहेको प्रतिमाको संरक्षण, कामदारको निरन्तरता र क्याम्पस भवनमा राखिएको संस्थापकहरुको नामावली रहेको शिलालेखको संरक्षण गर्नुपर्ने शर्त राखेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.