Websoft University

निषेधाज्ञा तोड्ने भक्तपुरमा एक सय ८४ वटा सवारी साधन कारवाहीमा परे



काठमाण्डौ भाद्र ५ गते । रातो तारा डट कम,भक्तपुरमा निषेधाज्ञा तोड्ने पाँंच सय ३७ जनालाई प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञा जारी गरेको पहिलो दिननै भक्तपुरमा एक सय ८४ वटा सवारी साधनलाई पनि सडकका ठाउँंठाउँंबाट कारबाही गरेको हो । 

जिल्लाभित्र बिभिन्न ठाउँमा अनावश्यक रुपमा हिँड्डुल गरी निषेधाज्ञा उल्लंघन गरेका ४ सय ३७ जना पुरुष र एक सय महिलालाई कारबाही गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यस्तै २३ वटा चारपाङ्गे र एक सय ६१ वटा मोटरसाइकललाई कारबाही गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डिएसपी दिपक गिरीले बताउनुभयो । 

२ दिन अगाडिदेखि सूचना जारी गर्दा पनि अनावश्यक रुपमा बाहिर हिँड्डुल गरी निषेधाज्ञा उल्लंघन गर्नेलाई सडकपेटीमा होल्डिङ सेन्टर बनाई कम्तीमा २ घण्टा उभाई राखेको थियो । सवारी साधनलाई नियन्त्रणमा लिएको ठाउँमा नै होल्ड गरी साँझ मात्र पठाएको डिएसपी गिरीले बताउनुभयो ।   

आज बाट भने निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारबाही गरिने पनि उहाले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.