Websoft University

बाराहपोखरीले एमबुलेन्स किन्दै,


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,खोटाङको बाराहपोखरी गाउँपालिकाले गाडी किन्ने बजेटले एम्बुलेन्स खरिद गर्ने भएको छ । जिल्लाभरीका अन्य स्थानीय तहरुले कार्यालय प्रयोजनका लागि स्थानीय तह कार्यान्वयनमा आएसँगै गाडी किन्दा मोटरसाइकलले काम चलाइरहेको यस स्थानियतहले भने पालिकाबासी नागरिकहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै एम्बुलेन्स खरिद गर्ने भएको हो । चालू आर्थिक वर्ष २०७७—०७८ मा भाडाको सवारी साधन प्रयोग गर्दा भोग्नुपरेको समस्यालाई मध्यनजर गरी सहज उपचार सेवा दिलाउने उद्देश्यका साथ एम्बुलेन्स खरीद गर्ने निर्णय गरिएको गाउँपालिकासो्रतले जनाएको छ । स्थानीय तह कार्यान्वयन भएदेखी नै गाडीका लागि बजेट नछुट्याएको गाउँपालिकाले एम्बुलेन्स खरीदका लागि भने आवश्यक बजेटको व्यवस्था गरेको छ । ६ वडा रहेको गाउँपालिकामा स्थानीय बिरामी हुँदा उदयपुरको गाईघाट तथा तराइका अन्य क्षेत्रमा लगेर उपचार गराउनुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै एम्बुलेन्सको व्यावस्था गरिने भएको पालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.