Websoft University

युवा जनशक्तिले ४० प्रतिशत स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका छन–प्रधानमन्त्री केपी शर्मा ओली


काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको स्वीकार गर्नुभएको छ । हिजो अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जनाउनुभएको हो । 

युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको भन्दै उहाँले २५ प्रतिशत युवा देशबाहिर रोजगारी र शिक्षाका लागि गएका बताउनुभयो । उहाँले तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो नभएको उहाँको भनाइ छ । उहाँले युवा विदेशिनबाट रोक्न सरकारले ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतमा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको बताउनुभयो । 

उहाँले युवाको साथमा सरकार रहेको भन्दै युवा विना कुनैपनि काम सफल हुन नसक्ने बताउनुभयो । सरकार साथमा रहेका भन्दै उहाँले अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले सामाजिक जागरण र नीति निर्माणका तहमा समानुपातिक सहभागी गरिएको भन्दै सरकारले युवाका लागि विभिन्न तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

उहाँले युवा स्वरोजगार, युवा परिषद रोजगार र सहयोगका कार्यक्रम गरिएको भन्दै त्यसका लागि ७६ अर्व बजेट छुट्याएको समेत उहाँले बताउनुभयो । अहिले ४० प्रतिशत युवाले स्थानीय तहमा प्रतिनिधित्व गरिरहेको भन्दै त्यो भन्दा केही कम प्रदेश र संघीय तहमा प्रतिनिधित्व युवाबाट भएको उहाँको भनाइ छ । 

उहाँले यो प्रतिशतलाई बढाउदै लैजाने पनि प्रतिवद्धता जनाउनुभयो । नयाँ र पुरानो पुस्ता मिलेर ज्ञान सिप, सामथ्र्य र अनुभव बाडेर देशका लागि प्रयोग गर्नुपर्ने भन्दै उहाँनले युवाको क्षमता र सहभागिता बृद्धि गर्दै अघि बढ्नसकेमात्रै सामाजिक न्यायसहितको समृद्ध समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.