Websoft University

कोभिड अस्पतालमा बिधुतका कर्मचारी को उपचारका क्रममा मृत्यु

विराटनगर । रातो तारा डट कम, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा विराटनगरका एक पुरुषको मृत्यु भएको छ।
विराटनगर–३ का ५७ वर्षिय पुरूषको  बुधबार साँझ मृत्यु भएको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर वस्नेतले बताए।
दम र सुगरका बिरामी उनी कोभिड अस्पतालमा साउन २५ गते भर्ना भएका थिए। अक्सिजन दिएर राखिएका उनको उपचारका क्रममा मृत्यु भएको बस्नेतले बताए।
मृतक नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको खुलेको छ। अस्पतालमा भर्ना हुँदै अक्सिजनको मात्रा ८४ प्रतिशतमात्र रहेकोमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ।
आज नै मोरङको बूढीगंगाका एक पुरुषको मृत्यु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.