Websoft University

९८ जना मजदुरलाई राहत बितरण


काठमाण्डौ भाद्र ११ गते । रातो तारा डट कम,कपिलवस्तुका इट्टा उद्योगमा काम गर्ने मजदुरलाई राहत सामाग्री बितरण गरिएको छ । विश्व शिक्षाको सहयोगमा दलित मानव अधिकारी निगरानी समिति कपिलवस्तुले जिल्लाका विभिन्न ईटा उद्योगमा काम गर्ने ९८ जना कामदारहरु राहत सामग्री वितरण गरेको छ ।  
शिवराज नगरपालिका क्षेत्रमा रहेको इट्टा उद्योगमा काम गर्ने ४८ जना र महाराजगञ्ज नगरपालिका क्षेत्रमा रहेका ईट्टा उद्योगमा काम गर्ने ५० जना मजदु्हरुलाई अतिआवश्यक सामाग्री बितरण गरिएको दलित मानव अधिकारी निगरानी समिति कपिलवस्तुका अध्यक्ष मिना परियारले बताउनुभयो ।

इट्टा उद्योगमा काम गर्ने मजदु्रका बालवालिकाहरुलाई अहिले खानाको समस्या रहेकोले अभिभावक मार्फत वालवालिकाहरुलाई सहज होस भन्ने उद्देश्यले राहत प्रदान गरिएको परियारले बताउनुभयो । चामल, दाल, तेल लगाएत अतिआवश्यक सामाग्रि बितरण गरिएको छ । 

कोरोना भाइरसका कारण उद्योग संचालन नभएको र दैनिकि जिविको पार्जनमा समेत समस्या आएकोले यस परिस्थितिमा बालवालिकाहरु कुनै असर पर्न नहुने परियारले बताउनुभयो । पछिल्लो समयमा ईट्टा उद्योगमा काम गर्ने बालवालिकाहरु नभएपनि श्रमिकहरुलाई अहिले जिविको पार्जनमा समस्या देखिएको उहाँले बताउनुभयो । 

लकडाउन भएपछि काम गर्न नगएको र अहिले साझ बिहान के खाने भन्ने अवस्था सिर्जना भएको शिवराज नगरपालिका मोतिनगरका राहुल कहारले बताउनुभयो । राहतले केहि दिन भएपनि सहज हुने उहाँले बताउनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.