Websoft University

अस्पतालमा आकस्मिक बाहेका सबै सेवा बन्द


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम,स्वास्थ्यकर्मीका अभिभावकमा कोरोना सङ्क्रमण देखिएपछि सिन्धुली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालकै कर्मचारीका बाबुमा कोरोना देखिएपछि आपत्कालीन बाहेकका सेवा बन्द गरेर ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न थालिएको अस्पतालले जनाएको हो । हिजो कमलामाई नगरपालिका–१४ स्थित वन तथा पर्यावरण गण रानीवासका चार सैनिकसहित ६ जनामा कोरोना पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र शाहका अनुसार पर्यावरण गणमा कार्यरत ३३, ३७, ३७ र ३८ वर्षका चार जना पुरुष, कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको क्वारेन्टाइनमा रहेका तिनपाटन चारका २२ वर्षका पुरुष र एक जना सिन्धुली अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । साउन २१ गते प्रादेशिक प्रयोगशाला हेटौडामा परिक्षणका लागि पठाइएका २४ वटा नमुनामध्ये ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख शाहले जानकारी दिनुभयो । सिन्धुलीमा यति धेरै संक्रमण एकै पटक भेटिएको यो पहिलो पटक हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.