Websoft University

अध्यागमन विभागमा पनि कोरोना देखिएपछि विभागको सेवा बन्द


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम,अध्यागमन विभागका एक जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएपछि विभागको सेवा बन्द गरिएको छ । विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । जसमा ५६ जनामा कोरोना नभएको पुष्टि भएको छ भने एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँले कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिँदै ती कर्मचारीको सम्पर्क र संसर्गमा रहेकाहरुको खोजी भइरहेको जानकारी दिनुभयो । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.