Websoft University

सबैले होसियार रहनु है आज भारी वर्ष हुने सम्भावना रहेकोछ ।

विवाद समाधान कार्यदलले आजैबाट काम सुरु गर्ने 
काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा लामो समयदेखि देखिएको विवाद् समाधानका लागि बनेको कार्यदलले आजबाटै काम शुरु गर्ने भएको छ । दुई अध्यक्षबीचको छलफलपछि विवाद् समाधानको लागि बनेको ६ सदस्यीय कार्यदलले आजैबाट काम थाल्ने कार्यदलका सदस्य समेत रहनुभएका नेकपाका नेता जनार्दन शर्माले सीआईएनसँग बताउनुभयो । नेता शर्माले यो समय प्रधानमन्त्रीको राजिनामामा अड्किने भन्दा पनि पार्टी भित्रको समस्या सुल्झाएर महाधिवेशन गर्ने केन्द्रिय समितिले गरेको निर्णयलाई मुर्त रुप दिने कुरा मुख्य बिषय भएको बताउनुभयो । उहाँका अनुसार कार्यदलले सरकार र पार्टीबिचको अन्तरसम्बन्ध सुदृढ बनाई पार्टीमा विधि र पद्धती सँगै सरकारलाई व्यवस्थित गर्न आवश्यक सुझाव सल्लाह दिनेछ । 


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै ठाउँमा वर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

गण्डकी, ५ नम्बर, बागमती र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । 

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.